नेपालमा कोरोना संक्रमित घट्दै, शुक्रबार ५ हजार २२५ जना संक्रमण मुक्त

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२८जेष्ठ, २०७८, शुक्रबार / Jun 11, 2021 17:27:pm

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७५० जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १५ हजार १८२ जनामा परीक्षण गर्दा ३ हजार ७५० जनामा संक्रमणम पुष्टि भएको हो । जसमध्ये ९ हजार ५९८ जनामा पिसिआर परक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टीजेन परीक्षणमा १ हजार ४१ ज्नामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार २२५ जना संक्रमण मुक्त बनेका छन् । यो सँगै हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुनेदर बढेर ८६.२ प्रतिशत पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको मन्त्रालयले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments