सीमा क्षेत्रबाट आठ लाख नगद बरामद

-नोटबजार संवाददाता।
काठमाण्डौं।
२९जेष्ठ, २०७८, शनिबार / Jun 12, 2021 21:45:pm

महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ ।

जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो ।

सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ ।

झोला जाँच गर्दा सो परिमाणको नगद फेला परेको जिल्लाको जलेश्वर–५ स्थित सशस्त्र प्रहरी बल ९ नम्बर गण जलसागरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

बरामद रकम भन्सार कार्यालय जलेश्वरमा दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments