पछिल्लो २४ घण्टामा २ हजार ७४५ संक्रमित, ४१ जनाको मृत्यु

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१असार, २०७८, मंगलवार / Jun 15, 2021 18:43:pm

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७४५ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ जना र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार १८७ जना संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments