सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश वितरण

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३असार, २०७८, बिहीबार / Jun 17, 2021 11:55:am

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड (SIL) ले बिहीबारदेखि नगद लाभांश वितरण थालेको छ ।

कम्पनीको जेठ २८ गते, सम्पन्न भएको उन्नाइसौँ वार्षिक साधारण सभाले पारित गरेको ३.७८९४ प्रतिशतका दरले नगद लाभांश वितरण थालिको हो ।

कम्पनीले बुकक्लोज हुनुभन्दा अघिल्लो दिन जेठ १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरूको बैंक खातामा नै नगद लाभांश वितरण गरेको हो ।

बुकक्लोज मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिने कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

जेठ २८ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजन सहित ३.७८९४ प्रतिशत हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साथै कम्पनीले आव २०७४।७५ को नाफाबाट वितरण गरिएको बोनस शेयरको कर बापतको रकम जम्मा गर्न बाँकी रहेका शेयरधनीहरूको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरिएको र अपुग हुनेको हकमा भने कट्टी नगरिएको उल्लेख छ ।

१९ औं वार्षिक  साधारण सभाबाट पारित बोनस शेयर भने नेप्सेमा सूचीकरण भएपश्चात् मात्र सम्बन्धित शेयरधनीको खातामा जम्मा हुनेछ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments