विश्व बैंकले नेपालको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका लागि ११ अर्ब सहयोग गर्ने

-नोटबजार संवाददाता।
काठमाडौं।
२५असार, २०७८, शुक्रबार / Jul 09, 2021 12:24:pm

विश्व बैंकले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि झण्डै ११ अर्ब रुपैयाँ (१० करोड डलर) बराबको वित्तीय सहयोग उपलब्ध गराउने भएको छ।

विश्व बैंकले स्वास्थ्य क्षेत्रको लागि ५ अर्ब तथा शिक्षा क्षेत्रको लागि ५ अर्ब रुपैयाँ सहयोग दिने बताएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालको विद्यालय शिक्षाकोे विकास कार्यक्रम तथा स्वास्थ क्षेत्रको सार्वजनिक संसाधन व्यवस्थापन दक्षता सुधार गर्न क्षेत्रमा ५/५ करोड डलर सहयोग अनुमोदन गरेको जनाएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने सहयोग रकम विद्यालय छोड्ने र पढाईमा भइरहेको घाटाको समस्यालाई समाधान खर्च गरिनेछ । यो सहयोगले गरिब लक्षित छात्रावृति, विज्ञान छात्रावृति तथा ‘क्याचअप प्रोग्राम’हरु सञ्चालनमा ल्याइने विश्व बैंकले जनाएको छ । यस्तै स्वास्थय क्षेत्रका लागि प्राप्त रकम नेपालको स्वास्थ्य क्षेत्रको रणनीति कार्यन्वयनलाई थप एक वर्षसम्म संचालन गरिनेछ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments