पछिल्लो २४ घण्टामा थपिए १ हजार ८०१ संक्रमित, २३ को मृत्यु

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३श्रावण, २०७८, आईतवार / Jul 18, 2021 19:36:pm

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ६२८ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ६ हजार ६२८ पीसीआर परीक्षणमा १ हजार २२३ र ३ हजार एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना कोरोना भाइरस संक्रमण मुक्त बनेका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोनाका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९ हजार ५५० जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments