नेपालमा थपिए २ हजार ४४५ नयाँ संक्रमित, ३२ को मृत्यु

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
४श्रावण, २०७८, सोमबार / Jul 19, 2021 17:06:pm

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमणको परिक्षण गरेको थियो ।

जसमा ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २५८ जना संक्रमण मुक्त बनेका छन् । हालसम्म ६ लाख ३३ हजार ३३२ जना संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाकै कारण हालसम्म ९ हजार ५८२ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

हिजो अर्थात आइतबार १ हजार ८०१ जनामा संक्रमणको पुष्टि भएको थियो भने २३ जनाको मृत्यु भएको थियो । साथै आइतबार १ हजार ६६७ जनाले संक्रमणलाई जितेका थिए ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments