३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टी, २५ जनाको मृत्यु

-नोटबजार संवाददाता।
काठमाडौं ।
५श्रावण, २०७८, मंगलवार / Jul 20, 2021 17:07:pm

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार १०८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ८३६ पीसीआर परिक्षणबाट २ हजार २०२ र ४ हजार २९९ एन्टीजेन विधिबाट ९०६ गरी कुल ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ५९५ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments