थप २ हजार ८३८ जनामा कोभिड संक्रमण पुष्टि, ३० को मृत्यु

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
६श्रावण, २०७८, बुधबार / Jul 21, 2021 17:32:pm


पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६१६ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभरमा ८ हजार ७१५ पिसीआर परिक्षणबाट एक हजार ९१८ जना र ३ हजार ९०१ एन्टिजेन विधिबाट ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेकोे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३६ हजार ४०२ जनाले कोरोना परास्त गरेका छन् । हाल कोभिड निको हुने दर ९४.६ प्रतिशत रहेको छ । 

काठमाडौं उपत्यकामा ६९७ जना थपिए

काठमाडौं उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौंमा ४९० र भक्तपुरमा ७९ जना सङ्क्रमण थपिएका हुन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अझ पनि धेरै व्यक्ति सङ्क्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताए । “जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ”, उनले भने, “त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।”

सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताए । उनले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गरे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गरे ।

बाँस्तोलाले अहिले पनि अस्पतालमा कोभिड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गरे । उनले कोभिड–१९ सङ्क्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गरे ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments