थप २ हजार ७१४ नयाँ संक्रमित थपिए, २४ जनाको मृत्यु

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
७श्रावण, २०७८, बिहीबार / Jul 22, 2021 17:05:pm


नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनामा कोरोना भाइरस संक्रमणको परिक्षण गरेको थियो । जसमा ९ हजार १२२ जनामा गरिएको पिसिआर परिक्षणमा १ हजार ८५५ जना र ३ हजार ७०७ जनामा गरिएको एन्टीजेन्ट परिक्षणमा ८५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमण मुक्त बनेका छन् । यससंगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइसर संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । यसका साथै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments