बिहीबार ७ कम्पनीको शेयरमूल्य सर्किट लेबलमा बढेर कारोबार

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
७श्रावण, २०७८, बिहीबार / Jul 22, 2021 17:10:pm

साताको अन्तिम दिन कारोबार बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा ७ कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका २२२ वटा कम्पनीमध्ये ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज लक्ष्मी उन्नती कोष, सिइडीबी हाइड्रो पावर डेभलपमेण्ट कम्पनी र ङादी ग्रुप पावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

यसदिन चार कम्पनीको शेयर मूल्य ९ प्रतिशत धेरैले बढेको छ । आज पोखरा फाइनान्स, माउण्टेन हाइड्रो नेपाल लिमिटेड, लक्ष्मी इक्वीटी फण्ड र ग्लोबल आइएमई समुन्नत स्कीम १ मा लगानी गर्ने लगानीकर्ताले ९ प्रतिशत धेरैका दरले नाफा कमाएका छन् ।

पोखरा फाइनान्सको शेयरमूल्य ९.९५ प्रतिशत, माउण्टेन हाइड्रो नेपालको ९.९५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ९.५३ प्रतिशत र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाईको शेयर मूल्य ९.५० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज हिमालयन पावर पार्टनरको शेयर मूल्य घटेको छ । यस दिन हिमालयन पावर पार्टनरमा लगानी गर्ने लगानीकर्ताले ४.०७ प्रतिशतका दरले नाफा गुमाएका छन् । यसैगरी बरुण हाइड्रो पावर र विशाल बजार कम्पनीको शेयर मूल्य ३ प्रतिशत धेरैका दरले घटेको छ ।
यस दिन नेप्से परिसूचक १८.७५ अंकले बढेर ३ हजार ४.३१ अकंमा बन्द भएको छ । आज कारोबार रकम ११ अर्ब नाघेको छ । बिहीबार २२२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर १ लाख १४ हजार ७७२ पटक खरिद बिक्रि हुँदा ११ अर्ब ११ करोड ४१ लख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको हो ।

बिहीबार कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्डको परिसूचक बाहेक अरु सबै परिसूचकमा गिरावट आएको छ । बिहीबार बैंकिङ परिसूचक १.७२ प्रतिशत, हाइड्रोपावर ०.८३ प्रतिशत, फाइनान्स १.५४ प्रतिशत, निर्जीवन बीमा उपसमूहको परिसूचक ०.२७ प्रतिशत र म्युचुअल फण्डको सूचक ५.२७ प्रतिशतले बढेको छ । यस दिन ब्यापार सूचक सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments