ग्लोबल आईएमई क्यापिटलले शनिबार पनि सेवा दिने

Note Bazar ७श्रावण, २०७८, बिहीबार / Jul 22, 2021 18:40:pm

हकप्रद तथा शेयर भर्नेहरुलाई लक्षित गर्दै ग्लोबल आईएमई क्यापिटलले आगामी शनिबार कार्यालय खुल्ला राख्ने भएको छ ।

क्यापिटलले एचआईडिसिएलको हकप्रद र मध्य भोटेकोशीको आयोजना प्रभावितको शेयर आवेदन लिनका लागि साउन ९ गते शनिवार नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय बिहान १०ः०० बजेदेखि दिउंसो ३ः०० बजेसम्म खुल्ला राख्ने भएको हो ।

उल्लेखित कम्पनीको शेयर आवेदनका अलावा अन्य सेवा पनि उपलब्ध गराउने क्याटिलले जनाएको छ ।

हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो शेयर सग सम्बन्धित सम्पूर्ण सेवाहरु उक्त दिन पनि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments