एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको बुकक्लोज साउन २८ गते

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२४श्रावण, २०७८, आईतवार / Aug 08, 2021 16:58:pm

एनआइसी एशिया डाइनामिक डेब्ट फन्डले साउन २८ गते बुक क्लोज गर्ने भएको छ ।

कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति बैठकले गत आव २०७७/७८ बाट इकाईधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण गर्न २८ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार साउन २७ गतेसम्म कारोबार भई कायम हुने इकाईधनीले मात्र फण्डको लाभांश पाउन सक्नेछन् ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments