बिदेशबाट एकवर्षमा साढे ९ करोड केजी तरकारी तथा फलफूल आयात, भारतको हिस्सा ९७ प्रतिशत

-नोटबजार संवाददाता।
काठमाडौं ।
२७श्रावण, २०७८, बुधबार / Aug 11, 2021 17:42:pm

गत आर्थिक वर्षमा विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा सामान्य वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार यो अवधिमा विभिन्न ५ देशबाट कुल ९ करोड ३९ लाख ३४ हजार ६२३ केजी तरकारी तथा फलफूल भित्रिएको हो ।

अघिल्लो आर्थिक वर्षमा भारत र चिनबाट मात्र तरकारी तथा फलफुल आयात भएको भएपनि गत आवमा भने भारत, चीन, बंगलादेश तथा भुटानबाट पनि तरकारी तथा फलफूल आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा भारत र चीनबाट कुल ९ करोड १८ लाख ६ हजार ५४३ केजी तरकारी तथा फलफूल आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जानकारी दिएको छ ।

नेपालमा अन्तराष्ट्रियस्तरबाट हुने तरकारी तथा फलफूलमा भारतको हिस्सा करिब ९७ प्रतिशत रहेको छ । गत आवमा ५ देशबाट कुल ९ करोड ३९ लाख केजी तरकारी तथा फलफूल आयात भएकोमा भारतबाट मात्रै ९ करोड २० लाख २० हजार २६५ केजी आयात भएको छ ।

गत आवमा भारतबाट आयात भएको तरकारी अघिल्लो आवको तुलनामा करिब ३४ लाख केजीले बढेको छ । अघिल्लो आवमा भारतबाट ८ करोड ८६ लाख २५ हजार ३५९ किलो तरकारी तथा फलफूलको आयात भएको थियो । भारतबाट विशेषगरी आलु, व्याज, काउली, माछा, खोर्सानी, लिची, खर्बुजा लगायत फलफूल तथा तरकारीको आयात हुने गरेको छ ।

त्यसैगरी चीनबाट गत आवमा १५ लाख ५२ हजार ८३५ केजी तरकारी तथा फलफुल आयात भएको छ । गत आवमा चनिबाट भएको तरकारी तथा फलफुल आयात अघिल्लो आवको तुलनामा ५१ प्रतिशतले घटेको हो । अघिल्लो आवमा चीनबाट ३१ लाख ८१ हजार १८४ केजी तरकारी तथा फलफूलको आयात भएको थियो ।

कोरोनाका माहामारीका कारण चीनसंगको व्यपारीक नाका लामो समय बन्द भएकाले पनि आयतमा असर गरेको हो । त्यती मात्र नभै गोरखा भूकम्पका कारण तातोपानि प्रभावित भएको हालसम्म पनि सुचारु हुन नसक्दा समेत आयातमा असर पुगेको हो । चीनबाट विशेष गरी स्याउ, केरा, चुना, सुकेको प्याज तथा आलु आयात हुने गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्ममा बंगलादेशबाट ३ लाख २९ हजार ३७९ किलो र भुटानबाट ३२ हजार १४४ किलो तरकारी तथा फलफूल आयात भएको छ । यी देशबाट रातो/सेतो आलु, स्याउ, हरियो खुर्सानी लगाएत आयात हुने गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments