एचआईडिसीएलको हकप्रद शेयरमा आवेदन दिने म्याद आज सकिँदै
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ५ गतेदेखि शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको थियो । यसअघि साउन २५ गते अन्तिम म्याद तोकिएकोमा १५ दिन थप गरी भदौ ८ गतेसम्म कायम गरिएको थियो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद बिक्री गरिरहेको छ । हकप्रद निष्काशनका जेठ २८ गते बुकक्लोज गरिएको थियो। यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन पाउँछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ।
हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँडपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।
📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।