नक्कली अन्तःशुल्क स्टिकर उत्पादन तथा वितरण गर्ने गिरोहका नाइके पक्राउ

Note Bazar १५भाद्र, २०७८, मंगलवार / Aug 31, 2021 22:50:pm

आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने गिरोहका नाइकेहरुलाई नियन्त्रणमा लिएको छ । राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदलाई नियन्त्रण लिएको हो ।

उनीहरुले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेको विभागका एक अधिकारीले बताए । उक्त गैर कानुनी क्रियाकलापमा संलग्न दुबै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको ती अधिकारीको भनाई छ ।

“सिंह र साउदले पटक पटक भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत ससाना डिष्ट्रिलरीमा वितरण गर्ने काम गरेको भेटिएको हो,” ती अधिकारीले भने । सिंह र साउद आफैले सञ्चालन गरेको वेष्टर्न लिकर्स मसुरिया कैलाली मार्फत पनि नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको भेटेपछि विभागले निगारीमा राखेको थियो । निज अभियुक्तहरुलाई अन्तःशुल्क ऐन २०५८ अनुसार कारबाही हुनेछ । धनगढी आन्तरिक राजस्व कार्यालयका कर्मचारीसंग गएको प्रहरीको टोलीले पक्राउ गरि हिरासतमा राखेको हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments