मुक्तिनाथको १ लाख ५ हजार कित्ता संस्थापक लिलामीमा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२०भाद्र, २०७८, आईतवार / Sep 05, 2021 11:38:am

मुक्तिनाथ विकास बैंक (MNBBL) को १ लाख ५ हजार कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा आएको छ ।

बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा भदौ २२ गते मंगलबारभित्र आवेदन दिइसक्नुपर्नेछ ।

संस्थापक शेयरमा आवेदन दिनइच्छुक लगानीकर्ताले न्यूनतम मूल्य ३२५ रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले लगानीकर्ताले भदौ २२ गतेभित्र बिक्री प्रबन्धक मुक्तिाथ क्यापिटल, हात्तिसार काठमाडौँबाट बोलपत्र प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments