पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२७भाद्र, २०७८, आईतवार / Sep 12, 2021 13:00:pm

पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःशुरु गर्ने भएको छ ।

पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ ।

पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमित रुपमा सुचारु गर्ने जनाएको हो ।

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सका प्रवक्ताले जनाए अनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसियक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ । विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्ने छ ।

अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । त्यसयता यहाँका कैयौं विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments