मुक्तिनाथ विकास बैंकद्धारा ५ संस्थालाई सहयोग

Note Bazar २७भाद्र, २०७८, आईतवार / Sep 12, 2021 19:23:pm

मुक्तिनाथ विकास बैंकले एक महिनामा ५ वटा संघसंस्थालाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ महिनामा विभिन्न संघसंस्थालाई सहयोग गरेको हो ।

बैंकले मिडिया इन्टरनेशलन, मालपोत कार्यालय कास्की, रेस्ट फाउन्डेशन, प्रगती युवा क्लब र मृगौला प्रत्योरोपणका लागि सहयोग गरेको हो ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियान ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ मा सहयोग पुग्ने गरी मिडिया इन्टरनेशनललाई ५० रुपैयाँ सहयोग गरेको हो ।

साथै कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्याालय कास्कीलाई उपलब्ध गराएको हो ।

त्यस्तै, बालबालिकाको शिक्षामा टेवा पु¥याउनका मिमित्त रेस्ट फाउन्डेशनलाई ४० हजार रुपैयाँ र भैंसेपाटीस्थित प्रगती युवा क्लबद्धारा आयोजना भएको रक्तदान कार्यक्रममा लागि सहयोग प्रदान गरेको हो ।

साथै बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २२ का २८ वर्षीय प्रकाश बराललाई आर्थिक स्थिति कमजोर भएको कारण मृगौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments