नेपाल पुनर्बीमा कम्पनीले २६ ब्रोकरमार्फत अन्तराष्ट्रिय व्यवसाय भित्र्याउने

-नोटबजार संवाददाता।
काठमाडौं ।
२७भाद्र, २०७८, आईतवार / Sep 12, 2021 10:33:am

नेपाल पुनर्बीमा कम्पनीले विभिन्न देशका २६ पुनर्बीमा ब्रोकर कम्पनीमार्फत अन्तराष्ट्रिय व्यवसाय भित्राउने भएको छ । कम्पनीले नेपाल रि रेट्रो पोग्रामका लागि २६ ब्रोकर कम्पनी छनौट गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि ब्रोकर कम्पनीहरु छनौट गरेको जनाएको छ । कम्पनीले विभिन्न देशका २६ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले नेपालमा व्यवसाय भित्र्याउन विदेशी पुनर्बीमा ब्रोकर कम्पनीसँग सहकार्य गर्र्दै आएको छ ।

कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकरहरुको नामावली सार्वजनिक गरेको जनाएको छ ।

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments