अपर तामाकोशीले एकैपटक डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

-नोटबजार।
काठमाडौं।
२८भाद्र, २०७८, सोमबार / Sep 13, 2021 09:20:am

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले असोज १९ गते बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारण सभा नेपाल विद्युत् प्राधिकरणको कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै विगतका दुई आर्थिक वर्षमा आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई उपलब्ध गराएको सहयोग रकमलाई समेत सभाले अनुमोदन गर्ने प्रस्ताव छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  


Share on:


Comments