कर्णाली बाहेक ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३०भाद्र, २०७८, बुधबार / Sep 15, 2021 15:54:pm

सरकारले मंगलबार देशभरका ६ वटा प्रदेशका कृषि मन्त्रालयका सचिव परिवर्तन गरेको छ । संघको कृषि मन्त्रालयमा कार्यरत सहसचिवहरुलाई ६ वटै प्रदेशमा पठाइएको छ ।

देशमा रहेका ७ प्रदेशमध्ये कर्णाली बाहेक ६ वटै प्रदेशका कृषि मन्त्रालयमा कार्यरत सहसचिवहरूको मंगलबार सरुवा गरिएको हो । कर्णालीका प्रदेश सचिवलाई संघमा तानिएको छ भने सो प्रदेशमा भने संघबाट सहचिवको सरुवा गरिएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न अड्डामा कार्यरत ८५ जना सहसचिवको मंगलबार सरुवा गर्दा ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व पनि परिवर्तन गरेको हो । सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् ।

८५ जना सहसचिवको मंगलबार सरुवाको पूर्ण विवरण यसलिङ्कबाट हेर्नुहोस्

पजनी अर्थात् सरकारी कर्मचारीहरूको कार्य–सम्पादनका आधारमा सरुवा, बढुवा, खोसुवा वा थमौतीमा परेका सह सचिवहरूमा डा. हरिबहादुर केसी, डा. रामानन्दन तिवारी, डा. नम्रता सिंह, डा. शान्ता कार्की, डा. शरणकुमार पाण्डे र मदनसिंह धामी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केसीलाई गण्डकी प्रदेशमा, तिवारीलाई प्रदेश नं. १, सिंहलाई प्रदेश नं. २, कार्कीलाई लुम्बिनी प्रदेश, पाण्डेलाई वाग्मती प्रदेश र धामीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
संघमा कार्यरत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिवको प्रदेशमा सरुवा गरिँदा त्यहाँ कार्यरतलाई भने संघको मन्त्रालय वा मन्त्रालय अन्तर्गत तानिएको छ ।

प्रदेशबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएका सह सचिवहरूमा प्रदेश १ कृषि मन्त्रालयमा कार्यरत निरु दाहाल पाण्डे, प्रदेश २ की डा. सम्झना कुमारी काफ्ले, वाग्मती प्रदेशकी मतिदा वैद्य, गण्डकी प्रदेशकी सवनम शिवाकोटी (अर्याल), लुम्बिनी प्रदेशका रेवतीरमण पौडेल, कर्णाली प्रदेशका राजेन्द्र प्रसाद मिश्र र सुदुरपश्चिम प्रदेका डा. किसनलाल भट्ट रहेका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments