विराटनगर र धनगढीमा “युवासँग–महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५आश्विन, २०७८, शुक्रबार / Oct 01, 2021 13:56:pm

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको “युवासँग–महालक्ष्मी लाइफ” कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ । कम्पनीले विराटनगर र धनगढीमा छुट्टाछुट्टै कार्यक्रम गरेको हो ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जागरण अभियानका केन्दि«य सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वको बारेमा प्रकाश पारे ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख हिरा निरौलालले सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रम समापन भए पश्चात एजेन्सी म्यानेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन समेत गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस्तै, कम्पनीले सुदुरपश्चिमाञ्चल एकेडेमीमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सो कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे ।

कार्यक्रममा ८० जना विधार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएका थिए ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments