सिटिजन बैंकको शेयर मूल्य समायोजन

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२२आश्विन, २०७८, शुक्रबार / Oct 08, 2021 10:27:am

सिटिजन इनटरनेशनल बैंकको नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा शुक्रबार शेयर मूल्य समायोजन भएको छ ।

बैंकले शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।

नेप्सेले बैंकले प्रस्ताव गरेको चुक्ता पूँजीको १२.९१ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता ३५२ रुपैयाँ ४८ पैसा मूल्य निर्धारण गरेको छ ।

यहि समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्ने छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । बुधबार बैंकको शेयर प्रतिकित्ता ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१ प्रतिशत बोनस शेयर र ३.०८ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments