ग्राहक तान्न सपिङ्ग मलहरुबीच प्रतिस्पर्धा, भारी छुटका साथै उपहार योजना

-अन्जना सुबेदी
काठमाडौं ।
२४आश्विन, २०७८, आईतवार / Oct 10, 2021 14:39:pm

चाडपर्व सुरु भएसँगै काडमाडौंमा सञ्चालित विभिन्न सपिङ्ग मलहरुबीच ग्राहक तान्ने प्रतिस्पर्धा चलेको छ । जसका लागि उनीहरुले भारी छुटका साथै आकर्षक उपहार योजनाहरु सार्वजनिक गरेका छन् ।

कोभिडको कारण लामो समय बन्द जस्तै अवस्थामा रहेका मलहरुमा अझैपनि ग्राहकहरुको उल्लेख्य चहलपहल हुन सकिरहेको छैन । ग्राहक तान्नकै लागि मलहरुले विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरिरहेका छन् ।

सिटी सेन्टर

काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरले दशैं तिहार लक्षित योजनाहरु ल्याएको छ । विगतमा किनमेल गर्ने गा्रहकले मात्रै भाग लिन पाउने योजनाहरु रहने गरेकोमा गत शनिवारदेखि लागू भएको यस वर्षको योजनामा किनमेल गर्ने ग्राहकले मात्र नभई मल आउने कुनैपनि ब्यक्तिले भाग लिन पाउनेछन् ।

जसमा सपिङ्ग मलमा आउने ग्राहकले पाउनेछन् डेली सप्राइज पुरस्कार, सपिङ भौचर पाउनुको साथै साप्ताहिक लक्की ड्र तथा ग्राण्ड लक्कि ड्र मा समावेश गराइने कम्पनीले जनाएको छ । कम्पनीले लक्की ड्र को कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायत ठाउँमा घुम्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।

साथै मलमा रहेकोे विभिन्न ब्यवसायीहरुले यस अवसरमा ५० प्रतिशतसम्मको छुट, 'बाइ वान गेट वान फ्रि' लगायतका अन्य छुट तथा योजनाहरु राखेका छन् । यो योजना कार्तिक २४ गते २०७८ (छठ पर्व) सम्म चल्ने मलले जनाएको छ ।

आइप्लेक्स मल

आइप्लेक्स मलले पनि दशैंको अवसरमा आफ्ना अफरहरु सार्वजनिक गरेको छ । मलले विभिन्न आकर्षक उपहारका साथै बम्पर प्राइजमा भाग्यशाली विजेतालाई स्कुटर समेत प्रदान गर्ने भएको हो ।

मलका अनुसार अफरहरुमा सहभागी हुन १ हजार वा सो भन्दा माथीको खरिद गर्दा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपन प्राप्त गर्ने कुनै पनि ग्राहक फेस्टिभ कर्निभलमा सहभागी हुन सक्नेछन् ।

मलले हरेक हप्ता लक्कि ड्र मार्फत सिजिको टिभि, आइरन, माइक्रोवेभ ओभन, रेफ्रिजेटर आदी उपहार प्रदान गर्ने जनाएको छ । त्यसैगरी बम्पर प्राइजमा भाग्यशाली विजेतालाई टिभिएस एनटर्क स्कुटर १२५ सीसी प्रदान गरिने कम्पनीले जनाएको छ ।

विजेताले लक्की ड्र गरिएको मितिले ३५ दिन भित्र अनिवार्य रुपमा आफ्नो नागरिकता, पासपोर्ट, आधिकारिक परिचयपत्र, कुपनको अर्धकट्टी सहित दाबी गर्नेुपर्नेछ । सो पश्चात उक्त दाबी मान्य नहुने कम्पनीले जनाएको छ ।

यो योजना असोज २१ गतेबाट कात्तिक महिनाको २७ गतेसम्म लागू हुने मलले जनाएकाे छ ।

बिजी मल

काठमाण्डौंको चर्चित अर्को मल अर्थात बिजी मलले पनि आफ्नो दशैं तिहार योजना सार्वजनिक गरेको छ । मलले “टिभिएस फनटास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार” योजना सार्वजनिक गरेको छ ।

मलका अनुसार यस योजनामा सहभागी हुनका लागि बिजी मलमा रहेका सम्पूर्ण पसलहरु र बसिल क्याफे मा १ हजार रुपैयाँ बराबरको सपिङ्ग वा सेवाहरु खरिद गर्नुपर्दछ । उक्त रकम बराबरको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिन्छ ।

सो कुपनका आधारमा लक्कि ड्र मार्फत हरेक हप्ता सिटि ब्रान्डको होम अप्लायन्सहरु प्राप्त गर्न सकिन्छ । साथै बम्पर प्राइजमा टिभिएस एनटर्क १२५ सीसी स्कुटर प्राप्त गर्न सकिन्छ ।

यो योजना असोज २० गतेबाट कात्तिक ३० गतेसम्म लागू हुने बिजी मलमलले जनाएको छ ।

के-एल टावर

केएल टावरले पनि दशैँको अवसर पारेर आफ्ना अफरहरु सार्वजनिक गरेको छ । टावरले “टिभिएस रमाइलो दशैं तिहार योजना” सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत हरेक हप्ता उपहारै उपहार जित्न सकिने छ । यस योजनामा १ हजार वा सो भन्दा माथिको सामान सामान खरिदमा साप्ताहिक रुपमा सिजी क्म्पनीका होम अप्लायन्सहरु, टिभी, फ्रिज लगायत जित्न सकिन्छ ।

त्यसैगरी बम्पर प्राइजमा टिभिएस अपाचे आरटिआर १६० २V जित्न सकिन्छ । यो योजना असोज १९ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

साथै के एल टावरमा घटस्थापना) बाट फिल्महलहरु पनि खुलेका छन् । हलहरु खुलेको र दशैँ लागिसकेका कारण चहलपहल बढ्न सक्ने कम्पनीले जनाएको छ।

सिभिल मल

काठमाण्डाैंकाे सुन्धारामा रहेकाे सिभिल मलले पनि दशैँ तिहारको अवसर पारेर 'सिभिल मल दशैँ तिहार २०७८' सुरु गरेको छ । मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्ताका लागि विभिन्न उपहारहरुको व्यवस्था गरेको हो । उपहारमा टिभिएस अपाचे आरटिआर १६० २ भी बाइक, एलजी र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरू प्रदान गर्ने भएको हो ।

भाग्याशााली ग्राहकलाई उपहारमा टिभिएस अपाचे आरटिआर १६० २ भी बाइक, हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रूपैयाँको नगद भौचर प्रदान गरिने छ ।

मलका अनुसार असोज १२ देखि मंसिर ४ सम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको व्यवस्था गरिएको मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले जानकारी दिएका छन् । त्यस्तै हरेका सामान किन्दा ७० प्रतिशत छुट तथा मलको सामाजिक संजालमा फलो गरेपनि टिभिएस स्कुटर जित्न सकिने छ ।

मलमा एक हजार रूपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा ग्राहकवर्गलाई कुपन प्रदान गरिन्छ । लक्की ड्र को विजेतालाई मलले सम्पर्क गरी पुरस्कार हस्तान्तरण गर्ने मलले जनाएको छ ।

लबिम मल

ललितपुर पुल्चाेक लबिम मलले पनि वडा दशैंको अवसरमा लक्कि ड्र मार्फत भाग्यशाली ग्राहकलाई उपहार प्रदान गर्ने भएको छ । मलले लक्कि ड्र मार्फत बिजय हुने ग्राकवर्गलाई टिभिएसको बाइक तथा स्कुटर तथा एल जि को होम अप्लायन्स प्रदान गर्नेछ । मलले यो दशैंमा डेकुरेसन र लक्कि ड्र मात्र गर्ने भएको हो ।

मलका मार्केटिङ म्यानेजर सम्राट नाथ योगी भन्छन्, अहिले स्पोन्सर धेरै छैनन् । एक्टिभिटी पनि कसैले गर्न खोजिरहेका छैनन् । मार्केट अलिकति लो पनि छ । त्यसकारण यो वर्ष डेकुरेसन र लक्की ड्र मात्र गर्ने भएका छौँ ।”

लबिङ मलको कुनै पनि पसलमा ५०० बराबरको सपिङ गरियो भने एउटा भौचर भर्न सकिन्छ । १००० बराबरको सपिङ गरीयो भने २ वटा । सोही भौचरको आधारमा लक्कि ड्रको बिजेता छनौट गरीने छ । सो योजना असोज २१ गते अर्थात घटस्थापना देखि छठ सम्म लागू हुनेछ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments