सानिमा बैंकको शाखा ललितपुरको मंगलबजार र बालकुमारीमा पनि

-नोटबजार संवाददाता।
काठमाडौं ।
२४आश्विन, २०७८, आईतवार / Oct 10, 2021 16:02:pm


सानिमा बैंकले असोज २४ गते ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

मंगलबजार कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले गरेका हुन् ।

यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचायले गरेका हुन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments