अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२६आश्विन, २०७८, मंगलवार / Oct 12, 2021 06:59:am

अमेरिकामा रहेर 'प्राकृतिक प्रयोग' वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

क्यानेडियन-अमेरिकी डेभिड कार्ड, इजरायली-अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच-अमेरिकन गाइडो इम्बेन्सले 'श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि' प्रदान गर्ने र 'कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ' भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments