कामना सेवा विकास बैंकको साधारण सभा आह्वान

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२६आश्विन, २०७८, मंगलवार / Oct 12, 2021 13:47:pm

कामना सेवा विकास बैंक (KSBBL) ले कात्तिक २३ गते, मंगलबार १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको असोज २५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको ३१६ औं बैठकले पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा बिहान १० बजे १५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले बैंक सञ्चालक समितिको असोज ७ गते, बिहीबारको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७।७८ को सञ्चित नाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल २ अर्ब ६५ करोड १९ लाख रहेको बैंकको चुक्ता पूँजी बोनस वितरण पश्चात ३ अर्ब १४ करोड पुग्नेछ ।

यस्तै सभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्नेछ ।

सभाले बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७।०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १० गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार कार्तिक ९ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments