कुमारी बैंकले पनि डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म किन्नुपर्छ शेयर ?

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२६आश्विन, २०७८, मंगलवार / Oct 12, 2021 12:13:pm

कुमारी बैंक (KBL) ले पनि साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज २५ गते सम्पन्न बैठकले कात्तिक १६ गते मंगलबार २१ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभा बैंकको केन्द्रीय कार्यालय नक्सालमा बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बोलाइएको छ । सभामा भाग लिने शेयरधनीका लागि जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश साधारण सभाबाट पारित गरिने एजेडा छ । यस्तै बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, कम्पनी ऐनले निर्धारण गरेभन्दा संस्थागत सामाजिक उत्तरदायित्व वापत बढी खर्च भएको अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा रहेको छ ।

बैंकले साधारण सभाबाट कुमारी बैंक र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति र सो समितिले गरेको कार्य अनुमोदन गर्न, डिडिए गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव साधारण सभामा पेश हुँदैछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ८ गते सोमबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार कात्तिक ७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीधरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments