मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित

-नोटबजार संवाददाता।
काठमाडौं ।
५कार्तिक, २०७८, शुक्रबार / Oct 22, 2021 15:44:pm

मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित भएको छ ।

विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र जिट्वान्टीज ग्लोबल पार्टनरसीप फर फाइनान्सीयल इनक्ल्युजनबाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकलाई सम्मानित गरिएको हो।

सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए । साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई 'एसएमई फाइनान्सर अफ द इयर-एशिया' विधामा सम्मानित भएको हो ।

यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत गरेको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments