ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा ३ सुविधाका साथमा सर्वाधिक ब्याजदर

-नोटबजार संवाददाता।
काठमाडौं ।
८कार्तिक, २०७८, सोमबार / Oct 25, 2021 17:50:pm

ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत,निःशुल्क डिम्याट र निस्शुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो।

यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निःशुल्क डिम्याट खाता,निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन,निःशुल्क सि-आस्वा, निःशुल्क मोबाईल बैंकिंग सेवा,निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन्।

साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधा मा ५०% छुट पनि रहेको छ।ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments