बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनस ?

-नोटबजार संवाददाता।
काठमाडौं ।
९कार्तिक, २०७८, मंगलवार / Oct 26, 2021 10:19:am

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कात्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस तथा लाभांशमा लाग्ने कर समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले ९६ करोड ५८ लाख १७ हजार रुपैयाँ बराबरको बोनस तथा ३८ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

बैंक सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी jवार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आव २०७६/७७ बाट बैंकले शेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरणा गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ १३ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गरेको थियो।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments