विद्युत महशुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णयको महासंघद्वारा स्वागत

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
११कार्तिक, २०७८, बिहीबार / Oct 28, 2021 15:40:pm

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।

आयोगको निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुुग्ने विश्वास महासंघको छ । विद्युत डिमाण्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा गएको असोज १२ गतेमात्रै उर्जा मन्त्रीलाई भेटी सुुझाव समेत दिइएको थियो ।

महासंघको सुुझाव अनुसार नै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको महासंघले जनाएको छ । यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ । महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महशुल न्यून गरि अन्य शुल्क समेत हटाउंदै जानुुपर्ने र उद्योगहरुलाई सहुुलियत दरमा विद्युत उपलव्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।

विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने विश्वास महासंघको छ ।

नेपालमा जलविद्युतको अत्यधिक स्रोत भएपनि उद्यम व्यवसायका लागि महंगो रहदै आएको छ । विद्युतको निर्वाध आपूर्ति र उद्योगका लागि सहुुलियत दरमा बिजुली उपलब्ध गराउनुुपर्नेमा महासंघले सदैव जोड दिँदै आएको छ ।

साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार (जेनरेसन लाइसेन्स, वातावरणिय प्रभाव मूल्याङ्कन र ग्रीड सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरूसंग तत्काल पीपीए सुचारु गर्न पनि महासंघ अनुरोध गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments