पूँजी बजारमा अनलाइन कारोबारको प्रभावकारिता

✍️ नरेन्द्रमान श्रेष्ठ
काठमाण्डौं।
२७कार्तिक, २०७८, शनिबार / Nov 13, 2021 19:48:pm

पछिल्लो समयमा शेयरबजारमा अनलाइन कारोवार गर्नेहरुको सख्या बढिरहेको देखिन्छ । त्यसो त शेयरबजारमा पूर्ण अनलाइनमा गइसकेको सरोकारवालाहरु बताउँछन् ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको सुरुवात विसं २०७५ साल कार्तिक २० गते होटल याक एण्ड यतिमा बढो तामझामका साथ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेर भएको थियो । त्यसबेला नै अनलाइन कार्यान्वयन भए लगानीकर्ताहरुको शेयरबजारमा पहुँच बढ्ने यो प्रणाली शेयरबजारको लागि कासेढुंगा साबित हुने थियो ।

अनलाइन कारोबार प्रणालीको कार्यान्वयनबाट बजारको दायरा बढाउने, विकास विस्तार भई शेयरबजारलाई अन्तर्राष्टिय स्तरमा पुर्याउने तथा आधुनिक चरणमा पुर्याउने र नयाँ आयाम ल्याउने विश्वाश गरिएको थियो । तर त्यसबेला अनलाईन कारोबार त्यति विश्वासिलो भएन भन्दा पनि फरक नपर्ला ।
त्यसबेला अनलाइन बाट कारोबार गर्ने लगानीकर्ताहरु निकै कम मात्र थिए । अनलाइन कारोबारमा विभिन्न समस्याहरु आउने गर्दथ्यो । शुरुको समयमा प्रयोगकर्ता प्रविधिमा अभ्यस्त नहुँदा सो समयमा अनलाइन मार्फत कारोबार गर्ने कम मात्र लगानीकर्ताहरु आबद्ध भएका थिए ।

संसार भरि फैलिएको कोरोना महामरीले नेपालमा पनि प्रवेश पायो । कोरोनाको कहरको कारणले देशमा लकडाउन समेत गर्नु पर्यो । लकडाउनको कारणले अरु क्षेत्रमा नकारात्मक असर गरे पनि शेयरबजारमा भने यसले सकारात्मक असर गरेको देखिन्छ । लकडाउन पछि केही समय बन्द नै गरिएको शेयरबजार लकडाउनकै बीचमा खुलेपछि निरन्तर बढेको देखिन्छ भने अनलाइन कारोबार गर्नेहरुको संख्या पनि ह्वात्तै बढन पुगेको देखिन्छ ।

भन्नुपर्दा अनलाइन कारोबार गर्न सकिने अवस्था नभएको भए निषधाज्ञामा शेयर बजारमा पनि निषेधाज्ञा लाग्ने थियो होला । पछिल्लो समयमा अनलाइन लिने लगानीकर्ताहरुको संख्या लगभग ९ लाख भन्दा बढी भइसकेको सरोकारवालाहरु बताउँछन् । अनलाइनबाट कारोबार गर्नेहरु बढे पनि अहिले पनि अनलाइन पुर्ण रुपमा विश्वासिलो हुन सकिरहेको छैन भन्ने कतिपय लगानिकर्ताहरुको भनाई रहेको छ । अहिले पनि अनलाइनमा विभिन्न समस्यमाहरु आउने गरेको सरोकारवालाहरु बताउँछन् । अनलाइन लिने लगानिकर्ताहरु बढिरहेको भएता पनि डिम्याटमा दर्ता भएका लगानीकर्ताहरुको तुलनामा अनलाइन लिने लगानीकर्ताहरु कम मात्र रहेको देखिन्छ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार डिम्याटमा दर्ता हुनेहरुको संख्या ४५ लाख भन्दा बढी भइसकेको छ । त्यसो त डिम्याटमा दर्ता भएका लगानीकर्ताहरु सबै सक्रिय लगानिकर्ताहरु नहुन पनि सक्छन् । धेरैजसो दैनिक कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुले अनलाइन लिने गरेको सरोकारवालाहरु बताउँछन् । अनलाइनबाट घर पसल कार्यालय जहाँ तहिँबाट पनि शेयरको कारोबार गर्न सकिने भएकाले यसबाट समयको पनि बचत हुने गरेको छ ।

अहिले शेयरबजार पूर्ण डिजिटल भइसकेको छ । पछिल्लो समयमा शेयर कारोबार अनलाइनबाट गर्न सकिन्छ भने आईपीओ हकप्रद एफपिओको खरिद गर्न आवेदन दिन, शेयर बिक्रीपछि शेयर हस्तान्तर गर्न बिक्री गरे वापतको रकम आफनो बैंक खातामा जम्मा हुने समेत डिजिटल (अनलाइन) बाट हुने भएको छ । तर शेयर बिक्री गर्दा क्लोजआउटमा परेर जरिवाना तिर्नु परेको कतिपय लगानिकर्ताहरुको भनाइ रहेको छ ।

पछिल्लो समयमा शेयर बिक्री गरेको शेयर हस्तातरण डिआइएस बाट नभई इडिआइएसबाट गर्नुपर्ने नियम छ । जुन मेरो शेयर मार्फत गर्न सकिन्छ । धेरैजसो लगानीकर्ताहरुको भनाईमा मेरो शेयरमा समस्या आउने कारणले कहिले काहीँ मेरो शेयर नखुल्ने र खुले पनि डाटाहरु नदेखाउने बोकर कहाँबाट समयमा मेरो शेयरमा विवरण अपडेट नहुँदा समयमा शेयर हस्तान्तरण गर्न नसक्दा क्लोजआउटमा परेर जरिवाना तिर्नुपर्ने हुन्छ । यस्ता विविध कारणले कतिपय लगानीकर्ताहरुले नोक्सानी ब्यहोर्नु परेको कतिपय लगानीकर्ताहरुको गुनासो रहेको छ ।

मेरो शेयरकोमा कहिले काहीँ समस्या आउने गरेको कारणले कतिपय लगानीकर्ताहरु क्लोजआउटमा पर्ने कारणले डिआइएस यानकी चेकबाट पनि शेयर हस्तान्तरण गर्न दिनुपर्ने केही लगानीकर्ताहरुको भनाइ रहेको छ । त्यसो त मेरो शेयरको इडिआईएसबाट शेयर हस्तान्तरण गर्दा निकै सजिलो भएको छ । यसले समयको बचत ब्रोकर र्मेचट बैकहरुमा कहाँ धाउन नपर्ने हुन्छ तर पनि कतिपय अवस्थामा मेरो शेयरमा आउने समस्याको कारणले अनावश्यक रुपमा लगानीकर्ताहरु क्लोजआउटमा परेर नोक्सानी ब्यहोर्नु परिरहेको छ । यसमा सम्बन्धि सरोकारवालाहरुले ध्यान दिनुपर्ने विचार गर्नुपर्ने देखिन्छ ।

पछिल्लो समयमा शेयरबजारमा चाहे प्राथमिक बजार होस चाहे दोश्रो बजारमा होस लगानीकर्ताहरु ह्वात्तै बढेको छ । प्राथमिक बजारका लगानीकर्ताहरु पनि २४ लाख भन्दा बढी भइसकेका छन् भने दोश्रो बजारमा पनि पछिल्लो समयमा एक दिनमा नै २० अर्ब भन्दा बढीको कारोबार भइसकेको छ । कतिपयको भनाईमा पछिल्लो समयमा अनलाइनबाट घर पसल कार्यालय जहाँतहीँबाट पनि शेयर कारोबार गर्नसक्ने र हुने भएकोले र पछिल्लो समयमा नेप्से बुलिस ट्रेण्डमा जान खोजेको हो भन्ने एकथरीको भनाई रहेको छ ।

अर्कोथरी लगानीकर्ताहरुको भनाईमा पछिल्लो समयमा कोरोनाको कहरले देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको कोरोनाको कहर र लकडाउानले देशमा ब्यापार ब्यवसाय उद्योग धन्दाहरु डामाडोल भइरहेको कारणले तत्काल लगानी गर्ने वातावरण नभएको कारणले शेयरबजारमा लगानी ओइरेको हो भन्ने भनाई छ ।

कोरोनाको कहरले देशका अरु क्षेत्रमा नकारात्मक असर पारे पनि शेयरबजारमा भने यसले सकारात्मक असर पारेको देखिन्छ । लकडाउनमा शेयरबजार बढेको देखिन्छ शेयरबजारमा लकडाउनमा नेप्से मात्र बढेको नभइ कारोबार रकममा पनि निक्कै बढ्दोतरि भएको देखिन्छ ।

निषेधाज्ञामा त दिनमा २१ अर्ब भन्दा बढिको कारोबार भए भने अहिले पनि दिनमा ५-६ अर्बको कारोबार भईरहेको छ । त्यसोत अनलाइनको प्रभावकारिताले गर्दा प्राथमिक बजारमा पनि आईपीओ शेयर खरीदको लागि आवेदन दिनेहरुको संख्या पनि बढिरहेका छन् । यो शेयर बजारको लागि सकारात्मक हो भन्दा पनि फरक नपर्ला । कतिपय लगानीकर्ताहरु नेप्से अलि घट्दा पनि आत्तिने र डराउने गरेका छन् भने कतिपय लगानीकर्ताहरु त हल्लाको पछिपछि दगुर्ने पनि गरेका छन् ।

शेयर बजारमा नेप्से घटबढ भइरहन्छ यो शेयर बजारको ब्यूटिनेश नै हो । शेयरबजार कहिले घट्छ त कहिले बढ्छ । बजारमा चलेको हल्लाको पछि लागेर कतिपय लगानीकर्ताहरुले घाटा ब्यहोर्ने गरिरहेका छन् । शेयरबजारमा लगानी गर्दा लगानीकर्ताहरु अध्ययन अनुसन्धान गरी सचेत सजग भएर लगानी गर्नुपर्छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments