नक्कली अन्तःशुल्कमा कृष्टल बोटलर्स र माउन्ट एभरेष्ट डिष्टिलरी विरुद्द मुद्दा दायर

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
३०कार्तिक, २०७८, मंगलवार / Nov 16, 2021 17:19:pm

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने कृष्टल बोटलर्स प्रा.लि. र माउन्ट एभरेष्ट डिष्टिलरी प्रा.लि. विरुद्द ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ बिगो माग गर्दै विरुद्ध मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा दुई डिष्टिलरी विरुद्ध उच्च अदालत तुल्सीपुर बुटवलमा सोमबार मुद्दा दायर गरेको हो ।

विभागले रुपन्देही जिल्ला, सिद्दार्थनगर नगरपािलका वडा नं. १३ स्थित कृष्टल बोटलर्स प्रालिका सन्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ, तथा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ३ दरखसवा स्थायी ठेगाना भएका मोहमद साहिद अन्सारी समेत १२ जनालाई विगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी लिईउच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

उनीहरुले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरा उत्पादन गर्ने कृष्टल बोटलर्स प्रा। लि। तथा माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लि।लाई जारी भएको सक्कली अन्तशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तशुल्क टिकटहरु बरामद भएको तथा भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा वढी परिमारणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

उक्त प्रालिहरुका सञ्चालकहरु तथा नक्कली अन्तःशुल्क स्टिकर पैठारी गर्नेहरुलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) को खण्ड (ग) र २३ (४) वमोजिम विगो असुल उपर गरी जरिवाना र कैद सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको  छ ।

यस्ता छन् विभागले प्रतिवादी बनाएर मुद्दा दायर गरेका व्यक्तिहरु

१. रुपन्देही जिल्ला, सिद्दार्थनगर न।पा। वडा नं. १३ स्थायी ठेगाना भएका कृष्टल बोटलर्स प्रा।लि। का सन्चालक फुलसिंह क्षेत्री ।

२. रुपन्देही जिल्ला, सिद्दार्थनगर न।पा। वडा नं. १३ स्थायी ठेगाना भएका कृष्टल बोटलर्स प्रा।लि। का सन्चालक प्रदिप क्षेत्री ।

३. जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ६ ट्राफिकचोक मैत्रिपथ स्थायी ठेगाना भएका श्रेष्ठ माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लि।का सन्चालक मृगेन्द्र गोविन्द ।

४. जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिक चोक स्थायी ठेगाना भएका माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लि।का सन्चालक प्रतिभा श्रेष्ठ ।

५. जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ६ ट्राफिकचोक मैत्रिपथ स्थायी ठेगाना भएका माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लि।का मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ ।

६. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ३ दरखसवा स्थायी ठेगाना भएका मोहमद साहिद अन्सारी ।

७. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ दरखसवा स्थायी ठेगाना भएका अमानत अली ।

८. जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. २ स्थायी ठेगाना भएका राजा कशौधन भनिने विनय कशौधन ।

९. जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १७ रानिगञ्ज स्थायी ठेगाना भएका हरि प्रसाद पौडेल ।

११. जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ३ प्रभु डाँडा स्थायी ठेगाना उल्लेख भई हाल जिल्ला
रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १ शान्तिनगर बस्ने कुल बहादुर पण्डित ।

११. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १६ स्थित कृष्टल बोटलर्स प्रा.लि. ।

१३. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ज्ञ४ स्थित माउन्ट एभरेष्ट डिष्टिलरी प्रालि ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।




Share on:


Comments