चाँदी आयातमा कडाइ: एक पटकमा ३५ हजार डलरसम्म मात्र आयात गर्न सकिने

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१३मंसिर, २०७८, सोमबार / Nov 29, 2021 22:01:pm

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत थप गरेको गरेको व्यवस्था कार्यान्वयन गर्न ब्याख्या सहित सोमबार निर्देशन जारी गरेको छ ।

शुक्रबार जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकको चाँदी आयातमा परिमाणत्मक बन्देज लगाई बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड वाई मार्फत प्रति पटक अमेरिकी डलर पैंतीस हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार चाँदी आयात गर्दा यसअघि चाँदी आयात गर्न सकिने सम्बन्धी माध्यमहरु बैंक ग्यारेण्टी, प्रतीतपत्र, स्ट्याण्ड वाई प्रतीतपत्र र ड्राफ्ट/टि.टि. उल्लेख भएकोमा संशोधित व्यवस्थामा ड्राफ्ट।टि.टि.लाई हटाएर बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड वाई प्रतीतपत्र मार्फत मात्र आयात गर्न सकिने व्यवस्था कायम गरिएको छ ।

सुनचाँदीको कारोबार तथा आयात निर्यात गर्न विधिवत दर्ता भई इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायी व्यवसायी स्वंयम र बैंकले खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्था अनुरुप बैंक ग्यारेण्टी, प्रतीतपत्र र स्ट्याण्ड वाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्था बमोजिम चाँदी आयात गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ व्यवस्था लागू भएर परिमाणात्मक बन्देज लागेपछि यसअघि एक पटकमा एक देखि २ हजार केजीसम्म आयात हुने गरेको चाँदी सोमबारको मूल्य अनुसार अब बैंक तथा व्यापारीले एक पटकमा ३८ केजी मात्र ल्याउन सक्नेछन् । यसरी आयात भएको चाँदी व्यवसायी स्वयमले आफ्नै लागि गरगरगहना बनाई बिक्री गर्न, हस्तकला लगायतका सामान बनाई बिक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ ।

वाणिज्य बैंकहरु मार्फत आयात भएको चाँदीको हकमा पनि अन्तर्राष्ट्रिय मूल्य र आयात गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी प्रतिस्पर्धी मूल्य निर्धारण गरी बैंकहरूले साना सनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्नुपर्नेछ । यसरी गरिने आयात अन्य प्रयोजनमा प्रयोग गर्न पाइनेछैन ।

यसले नेपालमा आयात गरेर अनौपचारिका माध्यमबाट भारत निर्यात गर्ने अभ्यासलाई समेत यसले निरुत्साहित गर्नेछ । गत आर्थिक वर्षमा वर्ष मात्र करिब १० अर्ब रुपैयाँ भन्दा धेरैको चाँदी आयात भएको केन्द्रीय बैंकले जनाएको छ ।

एक पटकमा ‘टन’ सम्म आयात भएको चाँदी ३८ केजीमा सीमित

चालु आवमा पनि चाँदी आयात अस्वभाविक उच्च छ । अयातको तुलनामा निर्यात निकै नै न्यून रहेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको एक लाख २९ हजार ४ सय १० किलो चाँदी मात्रै आयात भएको छ । गत आर्थिक वर्षको सोही अववधिमा ६३ करोड रुपैयाँ बराबरको मात्र आयात भएको थियो । गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ बराबरको ७१ हजार ७ सय ४६ किलो चाँदी आयात भएको थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments