राजश्व छलीमा संलग्न ५ जना विरुद्ध साढे २४ करोडको मुद्दा दायर

-नोटबजार संवाददाता।
काठमाडौं ।
२०मंसिर, २०७८, सोमबार / Dec 06, 2021 16:47:pm

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल गरी राजश्व चुहावटमा संलग्न पाँच जना विरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ माग दाबी सहित मुद्दा दर्ता गराएको छ ।

विभागले यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सोनालालप्रसाद यादब समेत जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ लगायत ५ जना विरुद्ध उच्च अदालत, पाटन, ललितपुरमा मंसिर २० गते मुद्दा दायर गरेको हो ।

बिजनेश ट्रेड लिङ्कले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको भनाई छ ।

ट्रेड लिङ्कले नक्कली विजक खरिद गरी ४ करोड ३१ लाख १९ हजार २६ रुपैयाँ मुल्य अभिवृद्धि कर (भ्याट) तथा ७ करोड ८९ लाख ४२ हजार २०७ रुपैयाँ आयकर समेत १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ राजस्व चुहावट गरेको ठहर गरेको छ ।

उनीहरुबाट १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ विगो असुल गरीे विगोको शत प्रतिशत अर्थात २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ जरिवाना तथा ३ वर्षसम्म कैद सजायको माग दाबी गरी अभियोग पत्र दायर गरिएको जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments