विदेशी मुद्राको निक्षेपमा दिइने ब्याजदर बढाउन गभर्नर सकारात्मक

-नोटबजार संवाददाता।
काठमाडौं ।
२३मंसिर, २०७८, बिहीबार / Dec 09, 2021 18:29:pm

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रा निक्षेप राख्दा दिइने ब्याजदर बढाउन सकारात्मक भएका छन् । विदेशी विनिमयको सञ्चिति बढाउन डलर निक्षेपको ब्याजदर बढाउदा मद्दत पुग्ने उनले बताएका हुन ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्च आयातका कारण विदेशी विनिमयमा परेको दबाबलाई कम गर्न गैरआवसीय नेपालीको डलर खातामा दिइने ब्याजदर बढाउन सुझाएका थिए । उनले डलरमा निक्षेप राख्दा सावाँ फिर्ता लैजान पाउने तर ब्याज नपाउने गरी ब्याजदर बढाउन राष्ट्र बैंकलाई सुझाव दिएका छन ।

पाण्डेको सुझावलाई सकारात्मक रुपमा लिदै गभर्नर अधिकरीले आवश्यक परेको खण्डमा त्यो पनि गर्न सकिने बताएका हुन । आयात बढ्ने क्रम कायम रहेको खण्डमा पुर्व मन्त्री पाण्डेको सुझाव अनुसार विदेशी सञ्चिति बढाउन सकिने गभर्नर अधिकारीले बताएका हुन ।

हालको व्यवस्था अनुसार विदेशी मुद्राको निक्षेपमा दिइने ब्याजदर एक प्रतिशत मात्र रहेको छ । बैंकहरुले ब्याज भूक्तानी दिदाँ विदेशी मुद्रामा नै दिन्छन । यसलाई बढाएको खण्डमा विदेशी विनिमय सञ्चिति बढाउन सहज हुने गर्भनर अधिकारीको भनाई छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत गैरआवासिय नेपालीलाई डलरमा निक्षेप खाता खोल्न दिने व्यवस्था गरेको छ । बैंकमार्फत् भित्र्याउन र बैंकमार्फत् नै लैजान पाउने गरी व्यवस्था गरिएको छ। त्यो डलर खाता संस्थागत र व्यक्तिगत दुबै तवरले गर्न पाइन्छ । सो खातामा कम्तिमा ५ हजार डलर हुनुपर्ने व्यवस्था छ । यो व्यवस्थासंगै एनआएनले एक वर्षका लागि मुद्दति तथा बचत खाता पनि खोल्न सक्ने भएका हुन ।

यसरी एनआएनले डलर निक्षेप खाता खोल्दा हुने कारोबार सबै बैंकिङ प्रणाली मार्फत मात्र हुनुपर्छ । तरलता अभाव गहिरिदँै गएपछि डलर खातालाई निक्षेप बढाउने एउटा स्रोतको रुपमा यस्तो व्यवस्था गरिएको हो।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments