वाग्मती प्रदेशसभाको बैठक असार २६ बस्ने

0
Shares

वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ ।

असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।

कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाउनुभएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  १८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।