पाकिस्तानमा बम विष्फोटमा परी ९ चिनियाँ नागरिक सहित १२ को मृत्यु

0
Shares

पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोटको घटनामा परी ९ चिनियाँ नागरिक सहित १२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।

स्थानीय समय बुधबार बिहान सात बजे चिनियाँ कम्पनीले निर्माणको लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो ।

दूतावासले एक विज्ञप्तिमा भने पाकिस्तानी पक्षले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “दूतावासले विस्फोटपछि तत्काल आपतकालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गरेको छ । पाकिस्तानी सेना र विदेश विभाग तथा आन्तरिक मन्त्रालयलगायत पाकिस्तानी सरकारी विभागहरूसँग सम्पर्क राखी पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ ।”

पाकिस्तानमा चिनियाँ संस्था, परियोजना र श्रमिकहरूले यस घटनाको जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ ।

बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकप्टर पठाएको छ ।

दूतावासले उक्त बममा विष्फोटमा घाइते तथा मृतकप्रति हार्दिक संवेदना र दुख व्यक्त गरेको छ । जिल्लाको दसु क्षेत्रका सहायक आयुक्त असिम अब्बासीले सिन्ह्वालाई घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने बताउनुभएको छ ।

जिल्लाका डेपुटी कमिस्नर मुहम्मद आरिफले सञ्चारमाध्यमसँग भने, “गम्भीर घाइतेहरुलाई प्रान्तको राम्रो सुविधा भएका अस्पतालमा लगिएको छ र सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान सुरु गरेको छ । घटनाको कुनै समूह वा व्यक्तिले समाचार तयार पार्दासम्म अझै दाबी गरेको छैन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।