एभरेष्ट बैंकले माघ ३ गतेदेखि दुई अर्बको ऋणपत्र बिक्री खुला गर्ने

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२५पुष, २०७८, आईतवार / Jan 09, 2022 09:52:am

एभरेष्ट बैंक लिमिटेड (EBL) ले अगामी माघ ३ गतेदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने गर्ने भएको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागिएको हो ।

बैंकले बिक्री गर्ने ८ वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्नेछ । उक्त ऋणपत्रमा खरिदका लागि छिटोमा माघ ६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्रका इकाई बिक्रीका लागि माग परेको खण्डमा भने माघ १७ गतेसम्म निष्काशन अवधि तोकिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका सेयर खरीका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री खुला हुने २० लाख कित्ता ऋणपत्र मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता (सामूहिक लगानी कोषका लागिछुट्याइएको ५ प्रतिशत अर्थात ४० हजार कित्ता समेत) सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता इकाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित जनाउँछ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन लगानीका लागि स्रोेत जुटाउने सजिलो र प्रमुख उपकरण ऋणपत्रको बिक्री बन्दै जान थालेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments