जानकी फाइनान्सको लाभांश प्रस्ताव

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२७पुष, २०७८, मंगलवार / Jan 11, 2022 16:45:pm

जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले गत आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीहरुलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

पछिल्लो दुई वर्षको नाफाबाट फाइनान्सले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्स कम्पनीको पुस २७ गते मंगलबार सम्पन्न ३२३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव रोशन कापरले जानकारी दिए ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा फाइनान्स कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल फाइनान्सको चुक्ता पूँजी ६० करोड ४ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । प्रस्तावित ९ करोड ६१ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि फाइनान्सको चुक्ता पूँजी ६९ करोड ४ लाख ७२ हजार ८०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७६।७७ बाट कुनैपनि लाभांश वितरण नगरेको फाइनान्सले आव २०७५।७६ बाट भने २२ प्रतिशत बोनस सहित कुल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments