पछिल्लो २४ घन्टामा थपिए १० हजार ७०३ कोरोना संक्रमित

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
७माघ, २०७८, शुक्रबार / Jan 21, 2022 16:49:pm

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २३ हजार ९२ जनाको नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण भेटिएको हो ।

यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ८९ हजार ५८४ जना पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । सक्रिय संक्रमितको संख्यामध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा, १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ ।  यस्तै ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना र १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलय जनाएको छ ।

उपत्यकामा मात्रै ५ हजार २९९ संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार एकैदिन ५ हजार २९९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।




Share on:


Comments