बैंकिङ कसूर मुद्दाका फरार रहेका अभियुक्त प्रहरी नियन्त्रणमा

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
७माघ, २०७८, शुक्रबार / Jan 21, 2022 17:34:pm

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका अभियुक्तलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दोलखाको भिमेश्वर नगरपालिका–३ घर भएका ४३ वर्षीय जितेन्द्र बहादुर रिजाललाई बिहीबार नियन्त्रणमा लिएको हो ।

रिजाल उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र नगद १२ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका थिए।

फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्ताखानबाट पक्राउ गरेको हो ।

रिजालले आफ्नो वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जान्दा जान्दै पनि पीडितलाई एनआईसी बैंकको खाताबाट भुक्तान हुने भनी चेक काटी दिएका थिए ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

स्रोत नखुलेको १० लाख भारु र ९ लाख बराबरको चेक सहित एक भारतीय पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साह रहेको प्रहरीले जनाएको छ । शाहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाएर ल्याउँदै गरेको उक्त भारतीय रुपैयाँ र चेक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।




Share on:


Comments