गुलियो मह बनाउनेको कालो कर्तुत: नक्कली मह बनाउने अड्डा फेला, संचालक प्रहरी नियन्त्रणमा

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
७माघ, २०७८, शुक्रबार / Jan 21, 2022 17:41:pm


नेपाल प्रहरीले बिगत सात वर्ष देखि नक्कली मह बनाएर बिक्री बितरण गर्नेको कालो कर्तुत सार्वजनिक गरेको छ ।

प्रहरीले मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा पबक्री गरेको अभियोगमा एकजनालाई नियन्त्रणम लिएको छ ।  प्रहरीले सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ घर भएका नतिजा प्याकेजिङका सञ्चालक नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई मह बनाइरहेको अवस्थामा, गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, १/१ थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस पेट जार सहित फेला पारी पक्राउ गरेको हो ।

श्रेष्ठले बिगत ७ वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

यसका साथै श्रेष्ठले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरेर स्पर्स हनी नामको लेबल टाँसी मह बिक्री बितरण गर्ने, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाउने गरेका थिए ।

साथै उनले उक्त नक्कली मह प्रति केजी ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको उक्त महाशाखाले जनाएको छ ।
साथै उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंमा परिक्षण गर्दा एचएमएफ र एफजी रेसियोको मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहको र मह खान योग्य नरहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 




Share on:


Comments