एलआईसी, ज्योति लाइफ र जानकी फाइनान्सको कतिमा खुल्दैछ सेयर कारोबार ?

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२४माघ, २०७८, सोमबार / Feb 07, 2022 10:17:am

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स र जानकी फाइनान्सको सेयरमूल्य समायोजन भएको छ ।

तीनवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते अर्थात आज सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेका हुन् ।

आइतबारको सेयर कारोबार समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । नेप्सेका अनुसार

एलआईसीको समायोजित सेयरमूल्य १९४३.२२ रुपैयाँ, ज्योति लाइफको ६५० रुपैयाँ र जानकी फाइनान्सको समायोजित सेयरमूल्य ५८८.७८ रुपैयाँ तोकिएको छ । आज तीनवटै कम्पनीको समायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।

स्टकका अनुसार एलआईसीको चुक्ता पूँजीको २० प्रतिशत, ज्योति लाइफको १० प्रतिशत र जानकी फाइनान्सको १५ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य तोकिएको हो । आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर तीनवटै कम्पनीको समायोजित सेयरमूल्य निर्धारण गरिएको छ ।

एलआईसीको आइतबार प्रतिकित्ता २३३२ रुपैयाँ, ज्योति लाइफको प्रतिकित्ता ७१५ रुपैयाँ र जानकी फाइनान्सको ६७७.१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

यसअनुसार आइतबारसम्म कायम सेयरधनीले मात्रै तीन वटै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments