एक हजार ३३८ जना सङ्क्रमणमुक्त

रासस
काठमाण्डौं ।
८फाल्गुन, २०७८, आईतवार / Feb 20, 2022 19:21:pm

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।

हाल संक्रमितमध्ये ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ५७२ पिसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार १५६ पुगेको छ ।

यस अवधिमा चार जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments