महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम गुल्मीको रेसुङ्गामा

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२०चैत्र, २०७८, आईतवार / Apr 03, 2022 15:25:pm

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम सम्पन्न गरेको छ।

चैत्र २० गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो।

शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए ।

कम्पनीका कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ लाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जानकारी दिए ।

कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको छ, सोही अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments