फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६% बढ्यो, EPS २३ रुपैयाँ पुग्यो

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
५बैशाख, २०७९, सोमबार / Apr 18, 2022 09:22:am

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४६.४४ प्रतिशतले बढेको छ ।

लघुवित्तले चैत मसान्तसम्ममा १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको यसै अवधिमा ११ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६० प्रतिशतले बढेसँगै लघुवित्तको खुद नाफामा त्यसको सकारात्मक असर देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ११ करोड ८२ लाख ४४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । लघुवित्तको जगेडा तथा कोष २९.८४ प्रतिशत बढेर ३२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ६० प्रतिशतले बढेर ३० करोड ७१ लाख ४२ हजार रुपैयाँ र सञ्चालन मुनाफा ६१.५९ प्रतिशत बढेर २५ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म लघुवित्तले ९ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४१ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा सापटी १०.८२ प्रतिशत र कर्जा लगानी २७.६७ प्रतिशतले बढेको हाे ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको चुक्ता पूँजी १० प्रतिशतले बढेर ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । लघुविको वार्षिक प्रतिसेयर आम्दानी ८.०८ रुपैयाँ बढेर २२.९७ रुपैयाँ पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात शुन्य, प्रतिसेयर नेटवर्थ १३३.८४ रुपैयाँ, कस्ट अफ फण्ड १०.५५ प्रतिशत, आधारदर १२.३५ प्रतिशत, र मूल्य आम्दानी अनुपात ३१.४१ गुणा रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments