महालक्ष्मी लाइफले समितिमा बुझायो पूँजी वृद्धि योजना, मर्जरलाई प्राथमिकता

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
९बैशाख, २०७९, शुक्रबार / Apr 22, 2022 12:42:pm

महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरलाई प्राथमिकतामा राखेर बीमा समितिमा पूँजी वृद्धि योजना पेश गरेको छ । समितिले एक महिना अगाडि बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गर्दै एक महिनाभित्र योजना पेस गर्न निर्देशन दिएको थियो ।

बीमा समितिले जीवन बीमाको २ अर्बबाट ५ अर्ब तथा निर्जिवन बीमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब चुक्तापूँजी कायम गरेको छ ।

महालक्ष्मी लाईफ ईन्स्योरेन्सको पुँजीवृद्धि योजना बैसाख ८ गते बीमा समितिमा पेश भएकोे कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए । आजको आवश्यकता र बीमा समितिको चाहना बुझेर महालक्ष्मी लाईफ ईन्स्योरेन्सले मर्जर सँगै स्पष्ट कार्य योजना र रोडम्याप सहितको पूँजी वृछि योजना बुझाएको उनले बताए ।

१३० करोड जनसंख्या भएको भारतमा २४ वटा जीवन र २३ वटा निर्जवन रहेको र ३ करोड जनसंख्या रहेको नेपालमा १९ वटा जीवन र २० वटा निर्जिवन बीमा कम्पनी धेरै भएको उनको धारण छ ।' बीमा कम्पनीलाई जोखिमका आधारमा पूँजीगत रुपमा बलियो बनाउन, संचालन खर्च कम गरी प्रतिफलमुखि बनाउन, स्वस्थ प्रतिस्पर्धा गराउन र दक्ष जनशक्ति मार्फत गुणस्तरिय सेवा प्रदान गर्न गराउन जीवन र निर्जिवन दुबैलाई १०/१० वटाको संख्याभित्र ल्याउन जरुरी छ । बीमा कम्पनीहरुको संखया घटाउन मर्जर नै उत्तम बिकल्प हो । फोर्स मर्जरको लागि र नयाँ कम्पनिको लाईसेन्स रोक्न पुजीं वृद्धि नै प्रभावकारी टुल्स वा साधन हो ।'  उनले भने ।

महालक्ष्मीले पूँजी वृद्धि योजना समितिमा पेश गरेसँगै वैशाख २५ गतेको लागि विशेष साभारणसभा बोलाएको छ । विशेष साधारणसभा कम्पनीको पुँजी वृद्धि गरि अधिकृत पूँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्याउने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

कम्पनीले अहिलेसम्म सार्वजनिक निस्कासन (आइपीओ) निश्कासन गरेको छैन । साथै उक्त सधारण सभामा आइपीओ निष्कासनको प्रस्ताव समेत लगिदैछ । यस्तै मर्जरको लागि छलफल चलिरहेकोले उपयुक्त पार्टनरसँग मर्जरको लागि सहमति गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा पेश गरेको छ ।

कम्पनीले मर्जरका लागि तीन चार वटा जीवन बीमा कम्पनीसँग अनौपचारिक छलफल पश्चात मर्जरको संभावनालाई लिएर पूँजी वृद्धि योजनाको रोड म्याप अनुसार साधारण सभा बोलाइएको पनि प्रमुख कार्यकारी भट्टराईले बताए । बिगतमा बैकिगं सेक्टरमा हुँदा २ वटा सफल मर्जरको अनुभव पनि भएकोले मर्जर सहितको पूँजी वृद्धि योजना तोकेको एक बर्ष भित्र पुरा हुने उनको बिस्वास छ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments